• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सिंहको  १०१ वर्षको उमेरमा निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंह  १०१ वर्षको उमेरमा आज निधन भएको छ  ।  

 

१९७० माघ २० मा जन्मेका उनी २०१३ जेठ देखि २०१६ असार सम्म सर्वोच्च अदालतका प्रधानन्यायाधीश रहेका थिए । 

 

सिंह २०३४ पुसदेखि २०४२ वैशाखसम्म अख्तियारका पहिलो प्रमुख आयुक्त र लोक सेवा आयोगको अध्यक्ष रहेका थिए। निमोनियाबाट पीडित रहेका उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार