सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सिंहको १०१ वर्षको उमेरमा निधन
काठमाडौं । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंह १०१ वर्षको उमेरमा आज निधन भएको छ ।
१९७० माघ २० मा जन्मेका उनी २०१३ जेठ देखि २०१६ असार सम्म सर्वोच्च अदालतका प्रधानन्यायाधीश रहेका थिए ।
सिंह २०३४ पुसदेखि २०४२ वैशाखसम्म अख्तियारका पहिलो प्रमुख आयुक्त र लोक सेवा आयोगको अध्यक्ष रहेका थिए। निमोनियाबाट पीडित रहेका उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस