• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

राजेशले भारतीय क्लबबाट खेल्ने

काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर राजेश परियार भारतीय क्लबमा अनुबन्ध भएका छन् ।

 

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक बिजेता राजेशले भारतको एआरए एफसी अहमदाबादबाट खेल्ने भएका हुन् । राजेशले सागमा भुटानविरुद्ध फाइनल खेलमा समेत खेलेका थिए । उमेर समूहबाट नेपालका लागि खेल्दै आएका उनको खेलबाट प्रभावित भएपछि क्लबले उनलाई अनुबन्ध गरेको हो ।

 

भारतको ’बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो । राजेशले मंगलबार सामाजिक संजाल फेसबुकबाट आफु अहमदाबादमा अनुबन्धित भएको जानकारी गराएका छन् ।

 

गत महिना नेपालका युवा स्ट्राइकर अभिषेक रिजाललाई भारतकै बी डिभिजन क्लब मोहम्मेदन स्पोर्टिङले अनुबन्ध गरेको थियो । उनी भारतमा जारी दोस्रो डिभिजनको आई लिग खेलिरहेका छन् । 

 

तस्वीर : हाम्रो खेलकुद

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार