खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त
काठमाडौं । निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडालाई सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्ति गरेको छ ।
सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि खतिवडाले अर्थ तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
डा.खतिवडाले केही दिनअघि मात्र मन्त्री पदबाट राजीनामा दिएका थिए ।
राष्ट्रियसभामा दुई वर्षका लागि मनोनित भएका खतिवडाको समय ६ महिनाअघि नै सकिएको थियो । यद्यपि, उनी समय सकिएपछि पनि ६ महिना गैरसांसदको रुपमा मन्त्री रहेका थिए।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस