• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

असोज १ देखि लामो दूरीको यातायात र आन्तरिक हवाई उडान सञ्चालन हुने

काठमाडौं । सरकारले असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात तथा आन्तरिक हवाइ उडान सञ्चालन गर्न सकिने निर्णय गरेको छ ।

 

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चैतदेखि बन्द रहेका लामो दूरीका बस र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आन्तरिक हवाई उडान, लामो दूरीका सार्वजनिक यातायात असोज १ गतेबाटै खुला गर्ने निर्णय भएको जानकारी दिए ।

 

प्रवक्ता ज्ञवालीले व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने बताए । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार