• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

थप एक हजार ४५९ संक्रमित,एक हजार ६२ डिस्चार्ज 

काठमाडौं । कोरोना भाइरसका थप एक हजार ४५९ संक्रमित फेला परेका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५९ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ । 

 

पछिल्लो २४ घण्टामा एक हजार ६२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४० हजार ६३८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ०५ प्रतिशत रहेको छ ।

 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ६१ हजार ७८० जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार १३९ जना र होम आइसोलेसनमा ७ हजार ६४० जना रहेका छन् । आजसम्म देशभर ७ हजार २५० जना क्‍वारेन्टिनमा रहेका छन् । 

 

देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा १२३ जना छन् । यससँगै कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार