• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

सांसद जया बच्चनलाई कंगना रनौटको प्रश्न ‘तपाईको छोरा पासोमा झुण्डिरहेको भेटिए पनि तपाईले यस्तै भन्नुहुन्थ्यो ?'

काठमाडौं । बलिउडमा ड्रग विवादमा अब समाजवादी पार्टीकी सांसद जया बच्चन र भाजपा सांसद रवि किशन र नायिका कंगना रनौट आमनेसामने भएका छन् ।

 

मंगलबार राज्यसभामा जयाले कसैको पनि नाम उल्लेख गरिनन् । तर, व्यंग्य गर्दै भनिन्, ‘फिल्म इन्डष्ट्रीमा नाम कमाउनेहरुले नै यसलाई अहिले नाली भनिरहेका छन् । सरकारले यस्ता मानिसलाई यस्ता भाषाको प्रयोग नगर्न आग्रह गरोस् भन्ने मलाई आशा छ ।’

 

यसमा कंगनाले ट्विटमार्फत लेखेकी छिन्, ‘तपाईंको छोरा पासोमा झुण्डिरहेको भेटिए पनि तपाईंले यस्तै भन्नुहुन्थ्यो ?’ जयाजी के तपाईं मेरो ठाउँमा आफ्नी छोरी श्‍वेता भएको भए, उसलाई पनि पिट्ने अनि किशोरावस्थामै ड्रग्स दिने र मोलेस्ट गरिएको भए पनि यस्तै भन्‍नुहुन्थ्यो ?

 

जयाले सुशान्तको मृत्युपछि बलिउडसँग कंगनाले विवाद र भाजपा सांसद रवि किशनले लोकसभामा दिएको मन्तव्यलाई लक्षित गर्दै केही मानिसका कारण सिंगो उद्योगको छवि धमिलयाउन नपाइने बताइन् ।

 

‘केही मानिसका कारण तपाई पूरै उद्योगको छविलाई धुमिल पार्न सक्नुहुन्नँ । हिजो लोकसभामा हाम्रा एक सदस्य, जो फिल्म उद्योगसँग जोडिएका छन्, उनले यसविरुद्ध बोले । यो लाजमर्दौ विषय हो’, उनले थपिन्, ‘तपाईँ जुन थालमा खानुहुन्छ त्यसमा प्वाल पार्न सक्नुहुन्नँ ।’

 

हिजो सोमबार भाजपा सांसद रवि किशनले लोकसभामा ड्रग्स र बलिउड कनेक्सनको मुद्दा उठाएका थिए। उनले शून्य समयमा भने, ‘पाकिस्तान र चीनबाट ड्रग्सको तस्करी भइरहेको छ। यो देशको युवा पिढिलाई बर्बाद गर्ने षड्यन्त्र हो। हाम्रो फिल्म उद्योगमा यसको पैठ भइसकेको छ र एनसीबीले यसको अनुसन्धान भइरहेको छ । यो मामिलामा कडा कारवाही होस् भन्ने मेरो माग छ।’ एजेन्सी
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार