• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

मेस्सी सर्वाधिक आम्दानी गर्ने फुटबलर

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन् ।

 

फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् । फोर्ब्सका अनुसार मेस्सीको क्यारियरको कमाइ १ बिलियन अमेरिकी डलर पुगिसकेको छ भने  १६ वर्षको क्यारियरमा उनले दर्जनौ रेकर्ड बनाइसकेका छन्।

 

मेसीले बार्सिलोनाबाट खेल्नुअघि क्लबले १०५ वर्षमा ६४ उपाधि जितेको थियो। मेसीले बार्सिलोनाबाट खेल्न थालेको १६ वर्षमा क्लबले ३४ उपाधि जित्न सफल भयो।

 

सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलरको दोस्रो स्थानमा इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छन्। पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् ।

 

पीएसजीकै युवा स्टार फ्रान्सका केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन् । एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ । लिभरपुलका मोहमद सलाह ३७ मिलियन अमेरिकी डलर सहित पाँचौं स्थानमा रहेका छन् ।

 

छैटौं स्थानमा म्यानचेस्टर युनाइटेडका पाउल पोब्बा ३४ मिलियन, सातौं स्थानमा बार्सिलोनाका फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यान ३३ मिलियन, आठौं स्थानमा रियल म्याड्रिडका गारेथ बेल २९ मिलियन, नवौ स्थानमा जर्मन क्लब वायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की २८ मिलियन र दशौं स्थानमा म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलकिपर डेभिड डे गिआ २७ मिलियन छन्। एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार