• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
मनोरञ्जन

कुलमानको पक्षमा पाँच मिनेट बत्ती निभाएर ऐक्यबद्धता जनाउन कलाकार गिरीको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुन सोही पदमा नियुक्त गर्नको माग सहित कलाकारहरु उनको पक्षमा उभिएका छन्

 

प्राधिकरणमा कुलमानलाई पुनः नियुक्तिको माग गर्दै आजबाट हरेक साँझ बेलुकी ८ बजेपछि ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता जनाउन कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत अपिल गरेका छन् ।  उनले आफनो फेसबुकमा लेखेका छन्, 'आदरणीय साथीहरु  कुलमानजीको पुनः नियुक्तिको लागि जन दबाब स्वरुप आजबाट हरेक साझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौं ।' आदरणीय साथीहरु कुलमानजीको पुनः नियुक्तिको लागि जन दबाब स्वरुप आजबाट हरेक साझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्यवद्धता प्रकट गरौं ।' 

 

निर्देशक प्रदिप भट्टराइले पनि गिरीले जस्तै हरेक दिन आठ बजेपछि ५ मिनेट बत्ती निभाउन आग्रह गरेका छन्। यस्तै कलाकार केदारप्रसाद घिमिरे, जितु नेपाल, हरिवंश आचार्य, करिष्मा मानन्धर लगायतले कुलमानलाई नियुक्त गर्न माग गरेका थिए ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार