• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

चित्रकला प्रतियोगिताको नतिजा वेविनार मार्फत सार्वजनिक

गैडाकोट । बाल दिवस २०७७ को अवसरमा नगर बाल सञ्जाल गैंडाकोटको अनलाइन चित्रकला प्रतियोगिताको नतिजा  वेविनार  मार्फत सार्वजनिक भएको छ ।


प्रतियोगितामा सहभागि ६० जना बालबालिका चित्र मध्ये जनक माध्यमिक विद्यालयका सुपथ शर्मा लामिछाने प्रथम, धवलागिरि बाल क्लव गैंडाकोट –२ का पुस्कलराज लम्साल द्वितिय ,विजय सामुदायिक शिक्षा सदनमा अध्ययनरत लेहिना क्षेत्री तृतिय र विजय सामुदायिक शिक्षा सदनमा अध्ययनरत नव आदर्श बाल क्लवबाट श्रेया पौडेलले सान्त्वना स्थान प्राप्त गरे । 

 

प्रतियोगिताको निर्णायकमा गैंडाकोटका प्रशिद्ध चित्रकार नविनभक्त अधिकारी रहेका थिए । कोरोना भाइरसले गर्दा बालबालिकामा शिक्षा,स्वास्थ र मानसिक रुपमा असर परिरहेको बालबालिका प्रति सचेत रहन तीन तहकै सरकार संवेदनशील बन्नुपर्ने कुरामा  बक्ताहरुले जोड दिए ।

 

गैंडाकोट वडा नं १ का वडा अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि हरिप्रसाद सापकोटाले अहिलेको विपदमा बालबालिकाको संरक्षणमा विशेष चासो लिएरकाम गरिरहेको बताए  जिल्ला बाल कल्याण संगठन नवलपुर सदस्य तिर्थराज रिमालले बालबालिकाको हक अधिकार संरक्षणमा वडाले खेलेको कार्यको प्रशंसा गरे ।


बालबालिकाको शिक्षा पारेको असर न्युनिकरणमा स्थानिय सरकारले विशेष ध्यान दिनुपर्ने कुरामा रिमालले जोड दिएका थिए   बालमैत्री अभियन्ता दिपक शर्माले गैंडाकोट पुरै नगरपालिका वडा नं. १ र ११ जस्तै बालबालिकासँग सम्बन्धि विषयमा संबेदनशिल हुनुपर्ने कुरामा जोड दिए ।


कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख सिता शर्मा,बालसंरक्षण समिति गैडाकोट १का सदस्य जगन्नाथ उपाध्याय वडा बाल सञ्जाल गैंडाकोट १ का अध्यक्ष कृष्ण पौडेललेआफ्ना भनाई राखे । 


नगर बाल सञ्जाल सचिव गीता न्यौपानेले सहजिकरण गर्ेको सो कार्यक्रम नगर बाल सञ्जाल अध्यक्ष सुस्मिता भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार