• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै ,प्राधिकरण कार्यकारी निर्देशक नियुक्ति मुख्य एजेण्डा

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । साँझ ५ बजे बस्ने बैठक नियमित भएपनि केही महत्वपूर्ण नियुक्ति र सिफारिस हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

बैठकले नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्ने र नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्ति गर्ने तयारी भएको बताइए पनि नियमित एजेन्डामा भने नभएको एक मन्त्रीले बाह्रखरीलाई जानकारी दिए । स्रोतले जनाएको छ ।

 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल सकिएर बिदा भइसकेका छन् । उनको पुनः नियुक्ति हुन्छ कि हुँदैन भन्ने विषयलाई महत्वका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार