• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

गैंडाकोट नगरपालिकाले १५ वेडको आइसोलेसन तयार गर्दै

गैंडाकोट । गैंडाकोट नगरपालिकाले १५ वेडको आइसोलेसन तयार गर्ने भएको छ ।

 

लक्षण नदेखिएका संक्रमितलाई घरमानै आइसोलेट गरिने र घरमा उचित स्थानको अभाव साथै केही लक्षण देखिएका संक्रमितलाई राख्न मिल्ने गरी नगरपालिकाले व्यवस्थित आइसोलेसन तयार पार्ने लागेको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिएका छन ।

 

नवलपुर जिल्लाका ८ वटा स्थानीय तहमध्ये आफ्नै क्षेत्रमा आइसोलेसन तयार पार्ने गैंडाकोट पहिलो भएको नगरप्रमुख पौडेलको भनाई छ । अक्सिजन सहितको सुविधा हुने गरी वेड तयार पार्ने निर्णय भएको नगरप्रमुख पौडेलको भनाई छ ।

 

प्रस्तावित गैंडाकोट नगरअस्पतालका प्रमुख डा रमेश आचार्यले स्वास्थ्य मन्त्रालयको मापदण्ड पालना गरी वेड तयार पारिने र २ देखि ४ दिनभित्र तयार हुने जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार