• शनिबार १-८-२०८१/Saturday 04-20-2024
विचार

पाको उमेरका एकजना मित्रको निधनपछि थाह भएको यो तथ्य

देशमा कोरोना महामारीका कारण मृत्युहुनेको संख्या दिनहूँ बढदैछ । संगसंगै, कोरोना रोग “निको” हुनेको संख्या पनि बढदैछ । आश्चर्यको कुरा यो छ कि कोरोना रोगका बिरुध्द अहिलेसम्म कुनै खोप, इन्जेक्सन अथवा औषधि बनेको छैन । तै पनि, सरकारी स्रोतबाटै कोरोना निको भएको खबर दिनहूँ आइ रहेकोछ । यस्तो कसरी हुन्छ ? कसैले त यो असहज बिषयलाई सम्बोधन गर्नुपर्ने हो । कोही केही बोल्दैन । अहिलेसम्म जो जो लाई कोरोना लागेको आशंका गरियो, तिनीहरुलाई कोरोना जस्तै लक्षण भएको रुघाखोकीको संक्रमणभएको हुनुपर्दछ । होइन भने, जुन रोगको ओखति नै छैन त्यो रोग लागेका मानिस अस्पतालमा सुत्ने बित्तिकै कसरी निको हुन्छन ?

 

यसबाट थाहहुन्छ, कोरोना संक्रमण परीक्षणको हाम्रो बिधिमा कहीं न कहीं खोट छ । अस्पतालको आइसोलेसन कक्षमा बसेर, शक्ति र स्वास्थ्यबध्र्दक खाना खाएकै भरमा अथवा भेन्टिलेटर “देखेकै”भरमा कोरोना निकोहुने हो भने मानिस यति आतंकित हुनपर्ने जरुरत नै छैन । हाम्रो सन्दर्भमा, अस्पताल सबैको नसीबमा लेखिएको छैन । देशका नीजि अस्पतालहरुमा सामान्य रोगकै उपचार त अति महंगा छन भने कोरोनाको उपचार कति महंगो होला ? सोच्न कठिन नै छ । उपेन्द्र महतोको मेडिसिटी अस्पतालमा कोरोना लागेर मरेको शुल्क २० लाखदेखि ३२ लाखसम्म लाग्दो रहेछ । पाको उमेरका एकजना मित्रको निधनपछि थाह भएको तथ्य हो यो । अरु अस्पतालको अवस्था पनि उस्तैछ । कोरोना लागेका कस्ता मानिस स्वाभाबिक क्रममा निको हुन्छन र कस्ताको मृत्यु हुन्छ ? यसबारे पनि सही सूचना आएको छैन । महामारीको शुरुवाती दिनमा भनियो, कोरोनाले बाह«बर्षसम्मका कलिला बिद्यार्थी र साठी बर्षमाथिका प्रौढहरुलाई सिध्याउँछ । तर, नेपालमा त्यस्तो भएन । यहाँ त प्रकृतिले बूढाबूढी बाँच्ने र तन्नेरी सकिने निर्लज्ज खेल खेलेको देखिन्छ । यो राम्रो अवस्था होइन ।

 

देश जति बिपन्नहुन्छ त्यति नै बाक्लोसंग फैलिइन्छ बिपत्ति । यो तथ्य त अव स्थीर भै सकेकोछ, कोरोना महामारी लामो समय चल्ने बाक्लो बिपत्ति हो जसले हाम्रो समाज ब्यबस्थालाई चकनाचूर पार्न थालेकोछ । सरकारका खजान्चीहरुले जतिसुकै हिसाब लगाउन, ेशको आर्थिक अवस्था अधमरो भएकोछ । कर तिरेर बैधानिक हिसावले उद्योग र ब्यापारगर्ने पराजित हुँदैछन । देशका लागि कदाचित यो राम्रो संकेत होइन । कोरोना महामारीको पहिलो चरणमा सरकारले लकडाउन गर्यो भने दोस्रो चरणमा जारी गर्यो निषेधाज्ञा । यी दुबैमा तात्विक अन्तर केही थिएन । यो हतियार संघीय सरकारले एक्लै चलायो । यो हतियार चलाउँदा संघीय सरकारले प्रदेश र स्थानीय सरकार हरुबाट न त स्थानीय अवस्थाको जानकारी लियो, न त कोरोना महामारीबाट जनतालाई सुरक्षित राख्न न कुनै भूमिका नै निर्धारित गर्यो । साम्यवादी शब्दावलीको प्रयोग गरेर भन्ने हो भने संघीय सरकार यो मामिलामा पनि सर्वसत्तावादी नै रह्यो । देशका सामान्य किसानहरु मकैको बीउ छरेर जुनेलो फल्ने आशा गर्दैनन । यो उनीहरुको बुध्दिमत्ता हो । सामान्य किसान यसैकारण बिलक्षण पनि मानिन्छन । तर, देशका शासक बर्गमा बुध्दिमत्ताको सर्वथा अभाव छ । उनीहरु के गर्दैछन ? त्यो उनीहरुलाई थाह हुँदैन । उनीहरु ठेक्का बदर गर्दछन र ठेकेदारले राखेको धरौटी बाँडीचूँडी खर्च गर्दछन । जस्तो, यसपटक सरकारका संवैधानिक ओहोदामा रहेका पदाधिकारी, निजामती सेवाका अधिकारी, प्रहरी र सेनाका नेतृत्वमा रहेका ब्यक्तिहरुमाथि औषधि–उपकरण खरीदमा भ्रष्टाचार गरेको खुलेआम आरोप लाग्यो ।

 

त्यो आरोप माथि सांसद गगन थापाले प्रतिनिधि सभामा उभिएर प्रश्न उठाउँदा प्रधानमन्त्री खडगप्रसाद शर्मा ओलीले भ्रष्टाचार भएको छैन भन्ने आशयको उत्तरदिदै भनेको थिए – मैले भनेपछि भै हाल्यो नि । प्रधानमन्त्री ओलीलाई जवाफ फर्काउन सक्ने, यो बिश्व ब्रम्हाण्डमा, कुनै प्रतिपक्ष देखिएको छैन । न कांग्रेसको हिम्मत देखिन्छ, न जनता समाजवादी पार्टीको । भन्छन – कांग्रेस भागवण्डा टिपनटापनको आशामा अल्झिएकोछ भने जनता समाजवादी पार्टी ओली नेतृत्वका सरकारमा “सम्मानजनकसहभागिता” खोज्दैछ । यस्तोमा परिवर्तन भनेको मृगतृष्णा मात्रै हो । पार्टीहरुको यस्तो आवरण देखेर जनता लज्जित छन । यो लज्जाको कुनै अर्थ किन छैन भने लज्जावोध गरिरहेका जनताका नजरमा आपूmलाई राष्ट्रिय तहका नेता मान्ने ब्यक्तिहरु नांगैछन । यो अवस्थामा जनताले के नै गर्न सक्दछ र ? एउटा कुरा सत्य हो जनताले कसैको भर मानेको छैन । कोरोना महामारीका बारेमा सरकार सबैभन्दा बढी संवेदनशील देखिएकोछ हल्ला र भ्रम फैलाउनमा । समाजमा अब्यबस्था फैलाउने र जनतालाई त्रस्त बनाउने रणनीति लिएकोले नै कोरोना नेपाली समाजमा यति हावी भएको हो । केन्द्रीय सरकारले सबै बन्दोबस्त मिलाएर प्रदेश र स्थानीय सरकारलाई कोरोना बिरुध्द चेतनाको प्रचार प्रसारमा लगाएको भए महामारीको असर कम हुने थियो । तर, केन्द्रीय सरकारले नै सिडियो र पुलिस लगाएर जनता दङ्ग्याउने काम गरेपछि त्यसको परिणाम सुखद आउने कुरै भएन ।

 

लकडाउनका बेला काठमाडौं उपत्यकामा मर्निङवाकगर्ने मानिसलाई समेत पक्राउ गरेर पुलिसले घण्टा दुइघण्टा आफनो घेराबन्दीमा राख्ने र सामाजिक सभ्यताको भाषण पिलाएर छाडने गरियो भने उपत्यका बाहिर कहाँ के भयो भन्दा पनि के भएन होला ? भन्न सकिदैन । भारतमा महामारी फैलिएपछि त्यहाँ कामगर्न गएका नेपाली स्वदेश फर्किनु स्वाभाविक थियो । तर, सीमा रक्षाका लागि बसेका पुलिसले ती नेपालीसंग प्रतिब्यक्ति तीनदेखि पाँचहजार रुपैयाँ घूस लिएर सीमा प्रवेश गराएको सत्य उदांगो भै सकेकोछ । कोरोना जाँच्ने पीसीआर मसीनको अभाव, क्वारिन्टाइनको नाममा सरकारले खडा गरेका दिशा–पिसाबका सामान्य सुविधा समेत नभएका झुप्राहरु र सीमानाको अब्यबस्थाका कारण कतिपय कोरोना नभएकालाई कोरोना भएको पनि सत्य हो । यो सत्यको सामनागर्ने ताकत अहिलेको केन्द्रीय सरकारमा छैन । प्रदेश र स्थानीय सरकारले आ–आफनो क्षमता अनुसार काम गरेका छन । यसका लागि उनीहरुको प्रशंशागर्नै पर्दछ । कोरोना महामारी भएपनि र नभएपनि, दक्षिण एशियामा प्रदूषणका कारण बर्षेनी तीसलाख मानिस मर्ने गरेका छन । यसको मतलब कोरोना महामारीको खतरा छैन भन्ने पक्कै होइन । यति मात्रै हो कि, मर्नु त छँदैछ, चाहे प्रदूषणबाट मर्नुहोस अथवा कोरोनाबाट ।

 

कोरोना होस वा अरु कुनै रोग, सरकारको भर कदापि नपर्नु होस । आफनो रक्षा आफै गर्नुहोस । गाँस कटाएर भएपनि मास्क लगाउनु होस । एउटा मास्क तीन दिनभन्दा बढीप्रयोग नगर्नुहोस । र अन्त्यमा, मेरा मित्र तथा पत्रकार हरिहर विरही र उहाँकी पत्नी ज्ञानु कोरोना प्रकोपमा परेर अस्पतालबाट सुरक्षित उम्किनु भएकोछ । विरहीकी पुत्री अझै अस्पतालमा हुनुहुन्छ । यो महामारीबाट जोगिनु भएकोमा विरहीजीलाई बधाई र शुभकामना । आशा छ, विरहीजी अबदेखि लखर– लखर मर्निङवाकमा निस्किनु हुनेछैन । रुपान्तरण

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार