मनमा पारी उज्यालो
किन मनमा गढ्छ तिम्रो चित्र
कति स्वच्छ स्पष्टता छ मित्र
खोजी हेर आफै भित्र सत्य मिल्छ
जो जसको मानवीयता मन छ
कलम सल्वलाउंँछ सृजनामा
शान्ती अस्तित्व सव कामनामा
हृदय भीत्र त्याग समर्पणमा
संसार जगमगाउंछ जहांँ तहाँं
कृर्तिसार छ जीवन अद्भुत
सभ्यता जीवन छ सुसंस्कृत
हरपल हरदिन सकारात्मक सोच
आफैमा हल्का हुने छैन बोझ
जीवन झंकार कवि रवी सार
सदाको सत्संग, आहर, विहार
रोग भोक शोक अशिक्षा कुरीति
हटाएर, फैलाई ज्ञानको ज्योति
हृदयमा छरि भरि दीव्य उज्यालो
अध्याँरो हटाएर जगमा चेतनाको
जीवन समुन्नती फैलाई कृर्ति
स्वधर्म, शान्तीमय सु–संस्कृती
देश बनाउने हो नै युवाको पालो
हसी हंसाई आमाको मन उज्यालो
जो जहांँ जसरी रहे भएपनि
देशको चिन्तन सबले लिएनी
उज्यालो जीवन हुन्छ दीव्य भव्य
सत्कर्म सद्भावको लिईनै कर्तव्य
गरि हाते मालो, योग संसार सारा
नेपाल बनाउने नेपालीकै होे अभिभारा
रमी रमाई एक अर्काको दुुःख सुखमा
नेपाल नेपाली चम्कौं एक लौ नभमा
हृदयको अस्तित्व छ जीवन जगतमा
उर्जा सृर्जना भरि उज्यालो मन मन्दिरमा
नेपाल नेपाली एक भई सद्भाव मय
नराखी कसैमा भेद, कुनै आशंका भय
नेपाल नेपालीले चिनाऔं संसार सारा
आमाको जीवनमा, हांँसो खुशी पुकार
प्रतिकृया दिनुहोस