• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

किरण र भुपेन्द्रको निर्देशनमा 'गाउँघरै रमाइलो' सार्वजनिक

काठमाडौं । कलाकार गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको 'गाउँघरै रमाइलो' बोलको गीत सार्वजनिक भएको छ । गीत ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक भएको हो। 

 

'गाउँघरै रमाइलो' बोलको गीतमा दुबैले प्रेमिल जोडीको भूमिमा देखिएका छन् । साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ । 

 

गीतमा गौरव र मेनुकाले गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका निभाएका छन् । यस गीतले गौरव र मेनुकालाई पुन : साइँलीले दिएको माया दिलाउने अनुमान गर्न सकिन्छ । 

 

रमेश कार्कीले लेखेका गीतमा संगीत गायक राईकै रहेको छ । सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् । गीतको भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार