• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

क्रिकेट खेलाडीले पाए एक वर्षको एकमुष्ट तलब

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीले एक वर्षको एकमुष्ट तलब पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आज एक विज्ञप्ति निकाल्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीको तलब जनाएको थियो।

 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट रकम प्राप्त भएसँगै क्यानले एक वर्षको एकमुस्ट तलब खेलाडीको खातामा हालिदिएको हो। क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार वृद्धि गर्न आइसिसी सहमत भएको थियो ।

 

राष्ट्रिय टिमका खेलाडीले तीन श्रेणीमा तलब पाएका छन् । ’ए’ श्रेणीको खेलाडीले ४५ हजार, ’बी’ श्रेणीकाले ३५ हजार र ’सी’ श्रेणीले खेलाडीले मासिक २५ हजारको दरले तलब पाएका छन् ।

 

यसरी एक वर्षको तलब पाउँदा ’ए’ श्रेणीका खेलाडीले ५ लाख ४० हजार, ’बी’ श्रेणीकाले ४ लाख २० हजार र ’सी’ श्रेणीले ३ लाख रुपैयाँ पाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार