• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्ने सरकारको तयारी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई सेवा खोल्नेदेखि विदेशी पर्यटकलाई नरोक्नेसम्मका प्रस्ताव सीसीएमसीमा पठाएको जनाएको छ । 

 

यस्तै आगामी असोज १ देखि आन्तरिक हवाई सेवा खुला गर्ने प्रस्ताव गरिएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए । एक गते नै भएन भने पनि असोज १५ गतेदेखि खुला हुन्छ,” उनले भने । कोरोना संक्रमण कम भएका हिमाली एवं पहाडी क्षेत्रबाट आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न प्रस्ताव गरिएको उनले बताए ।

 

आर्थिक पत्रकार संघ ९सेजन०ले आयोजना गरेको सेजन अर्थनीति बहसमा मन्त्री भट्टराइले  असोज १ देखि नै आन्तरिक हवाई सेवा खुला गर्न प्रस्ताव गरेको बताएका हुन । 

 

यस्तै सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै लैजाने भएको छ । त्यसका लागि सरकारले अन्तर्राष्ट्रिय उडान संख्यासमेत थप्ने भएको हो । अन्तर्राष्ट्रिय उडानको संख्या बढाउने योजना पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०मा प्रस्ताव पठाइसकेको मन्त्री योगेश भट्टराइले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार