• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

उद्धव ठाकरेमाथी बलिउड नायिका कंगनाको आक्रोश, भनिन, ‘आज मेरो घर भत्केको छ, भोली तेरो घमण्ड टुट्छ’

कंगना भर्सेस शिवसेना

मुम्बई । मुम्बईमा ‘पीओके’ विवादको बिच बलिउड नायिका कंगना रनौत आज (बुधवार) २ः४५ बजे मुम्बई आईपुगेकी छिन् । कंगना मुम्बई आउने भनेपछि मुम्बई एयरपोर्टमा उनको पक्षमा र बिरोधमा धेरै नै हलचल मच्चिएको थियो । कंगनाको समर्थक र बिरोधी दुबै एकअर्काबिच नारा लगाइरहेका थिए । कंगनालाई त्यो भीडले गर्दा एयरपोर्टको भीआईपी गेटबाट बाहिर निकाल्न गाह्रो भएको थियो । उनलाई एयरपोर्टको अरु नै गेटबाट बाहिर निकालियो । कंगना एयरपोर्टबाट सिधै आफनो घर गइन । उनको सुरक्षाको लागी उनको घर बाहिर ५० भन्दा बढि पुलिसहरु तैनाथ गरिएको छ ।

 

उनले घर पुग्ने बित्तिकै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई चुनौती दिँदै टिभी च्यानल मार्फत भनिन कि, आज मेरो घर भत्केको छ, भोली तेरो घमण्ड टुट्छ, उद्धव ठाकरे ! तलाई के लाग्छ, तैले फिल्म माफियासँग मिलेर मेरो घर भत्काएर मसँग ठुलो बदला लिइस् । तैले मलाई ठुलो गुण लगाइस । मलाई थाहा थियो कि कश्मिरी पण्डितहरुलाई कस्तो लाग्यो होला । आज मलाई यो कुराको महसुस भयो । आज म तपाईसँग एउटा कसम खान्छु कि म केवल अयोध्यामा मात्र होइन अब कश्मिरको बिषयमा पनि फिल्म बनाउँछु । आफनो देशकामा जनताहरुलाई जगाउँछु । ठाकरे, यो जुन कु्ररता र आतंक म माथी भयो त्यसको पक्कै पनि केही अर्थ राख्छ । जय हिन्द । जय भारत ।’  


बेलुका नायिका कंगनाले तीनवटा ट्वीट गरिन । उनले पहिलो ट्वीटलाई रिट्वीट पनि गरिन्। त्यसमा उनले लेखिन कि, ‘पछिल्लो २४ घण्टा मा मेरो अफिसलाई अचानक अवैध घोषणा गरियो। उनीहरुले मेरो अफिसको सबै फर्निचर र लाइटहरु समेत तोडेका छन् । अब मलाई उनीहरु मेरो घर भत्काउन आउँछन् भनेर धम्की पनि आउन थालेको छ । म खुशी छु कि फिल्म माफियाका मन पराउने एउटा सिएम माथी मेरो फैसला ठिक छ ।’ 

 

दोस्रो ट्वीटमा कंगनाले लेखेकी छिन् कि, ‘उद्धव ठाकरे र करण जोहरका गुण्डाहरु आउ मेरो काम गर्ने ठाउँ भत्काउ । मेरो घर भत्काउ त्यसपछि मेरो मुख र शरीर पनि भत्काइदेउ । म चाहन्छु कि यो देश तिमीहरुले के गरिरहेका छौं भनेर तिमीहरुलाई हेरुन । म मरु या बाँचु, म तिमीहरुको यो घिनलाग्दो खेल बाहिर ल्याएरै छाड्छु ।’ 

 

तेस्रो ट्वीटमा उनले भनेकी छिन् कि, ‘आज तिमीले मेरो घर नष्ट गरेका छौं भोली तिमीहरुको हुन सक्छ । यहाँ सरकार आउँछन् जान्छन् । जब तपाई एउटा आवाजलाई हिंसासँग दबाउनु हुन्छ तब त्यसलाई यहाँ आर्दशको काम मानिन्छ । यहाँ भोलीका लागि एउटा व्यक्तिलाई जलाइदैछ । यो हजारौंको लागि जोहर हुनसक्छ, त्यसैले समयमा नै जागौं ।’ दैनिक भाष्कर  


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार