• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
अर्थ

सहकारीको पाँच करोड ६७ लाख ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

 

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–२१, न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौंका ४४ वर्षीय रामकाजी खड्गीलाई सोमबार ललितपुर २३ धापाखेलबाट पक्राउ गरेर  सार्वजनिक गरेको हो ।

 

उक्त सहकारीमा सात वर्षसम्म प्रबन्धक पदमा कार्यरत्  उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार