• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

भत्कियो बलिउड नायिका कंगनाको अफिस, कंगना मुम्बई पुग्दै

मुम्बई । कंगना रनावट चन्दीगढबाट मुम्बई आउँदै छिन् तर मुम्बईमा उनको अफिसको तोडफोड भने शुरु भईसकेको छ । उनी आउनु भन्दा अगावै बृहन्मुम्बई महानगर पालिका बीएमसी ले उनले बनाएको मुम्बईको अफिस अवैध भन्दै २४ घण्टा पछि अर्को नोटिस पठाएको थियो ।

 

यसको केही समय पछि नै बीएमसीका केही टिमले उनको अफिस तोडफोड गर्न बुलडोजर लगाइसकेका छन् । अहिले उनको अफिसका केही भाग तोडिएको छ । 

 

यता कंगनाले यस कारवाहीमा लगातार आफनो ट्वीट गरिरहेकी छिन् । उनले आफनो ट्वीटमा भनेकी छिन् 'यो अफिस होइन राम मन्दिर हो । आज यहाँ बाबर आएका छन् ।' कंगना वकिलले बीएमसीको कारवाहीको लागि हाईकोर्टमा अर्जी दिइसकेका छन् । यसमा १२ः३० मा सुनुवाई हुनेछ । 

 

कंगनाले बारम्बार ट्वीट लेखिरहेकी छिन् । उनले आफनो अफिसमा कुनै पनि अवैध निर्माण नभएको बताएकी छिन् । महाराष्ट्र सरकार र उनीहरुका गुण्डाहरु मेरो अफिस भत्काइरहेका छन् । कंगनाले ट्वीट मार्फत आफु कहिले गलत नभएको पनि बताएकी छिन् । मेरो दुश्मनहरुले फेरी यो पक्का गरिदिएकी मुम्बई पाकको कब्जा गरिएको कश्मीर पीओके हो । दैनिक भास्कर 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार