• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको  हो । 

 

सोमबार प्रतितोला ९६ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर  तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपियाँले द्दटेर प्रतितोला १ हजार ३ सय १० रूपियाँमा कारोबार भइरहेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार