• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
अर्थ

भोलीदेखि तीन दिनसम्म बैंकका सबै शाखा खुल्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु ३ दिनसम्म खोल्न दिने भएको छ । 

 

नेपाल राष्ट्र  बैंकले  मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको हो ।

 

सरकारले करदाताहरुलाई भदौ २५ सम्म राजश्व तिरिसक्न भनेको कारण राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार