• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

 मेरा रहर

म सँगै अलपिएका मेरा रहरहरु 
नयन सँगै विलाएका मेरा प्रहरहरु
रङबिहिन भई हराएका मेरा चाहनाहरू 
फेरि रंगीन लाई खोजी बस्छन 
अनेकौं बहानाहरु ।

 

पतझर बनी ओइलिएको मेरा पालुवाहरु
वसन्तको हरियाली बनी मौलाउन चाहन्छन 
औंसी को रात बनी हराएका मेरा भावनाहरू
जुनेली रातका तारा बनी टिमटिमाउन खोज्छन्
ऐना हेर्दा तर्सिने मेरा नयन ।

 

आज आफैंलाई हेरी मुस्कुराउँन खोज्छन्
दुःख पीडा लाई दोस्रो जीवनसाथी बनाई 
खुशीको बाटो पहिल्याउँदै अगाडि बढ्छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार