• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

कर्मचारीमा कोरोना देखिएपछि एक साता बैंकिङ सेवा बन्द

सुर्खेत । राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । 

 

प्रदेश अस्पतालरपशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको थियो । बैंकका प्रबन्धक लीलाराम ढुङ्गानाले सेवाग्राही र कर्मचारीमा सङ्क्रमण फैलिन नदिन एक साताका लागि सेवा बन्द गरिएको बताए । 

 

'सङ्क्रमित कर्मचारी आइसोलेसन बसेका छन् ',उनले भने, 'कार्यालय सानिटाइज गरेका छौँ, कम्तीमा एक साता बैंक बन्द रहने सूचना जारी गरिसकेका छौँ ।' शाखा प्रबन्धक ढुङ्गानाका अनुसार पाँच दिनपछि बैंकका अन्य कर्मचारीको स्वाब सङ्कलन गर्ने र रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्र सेवा पुनः सञ्चालन गरिनेछ ।

 

यसअघि जिल्ला अदालतमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अदालत एक साताका लागि सिल गरिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार