• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
डबली

शिव पुराणको एक अंश : दक्षप्रजापतिको घमण्ड

कथा

दक्षप्रजापतिलाई अन्य प्रजापतिका समान व्रह्माजीले आफ्नो मानष पुत्रकारुपमा रचेका थिए । दक्षप्रजापतिको विवाह स्वयंभुव मनुको तृतीया कन्या प्रसुतिका साथ भएको थियो। दक्षप्रजापतिकी पत्नी प्रसुतिले सोह्कन्यालाई जन्म दिए स्वाह नामक कन्याको अग्निको साथ सधा नामक कन्याको पितृगणका साथ, सतीदेवीको भगवान शंकरको साथ र वाकी कन्याहरुको धर्मको साथ विवाह भएको थियो । धर्मको पत्नीहरुको नाम श्रदा, मैत्री, दया, शान्ति, तुष्टि, पुष्टि, क्रिया, उन्नती, वुद्धि, मेधा, तितिक्षा, दूी र मुर्ती थियो ।

 

दक्ष प्रजापति त्यतिबेलाका भुमण्डलको सम्राट नै मानिन्थे । दक्षप्रजापति साह्रै घमण्डी र अहंकारी थिए। उनी आफूलाई मात्र सर्वश्रेष्ठ ठान्थे,अरुलाई नगन्ने, आफ्नो मात्र भलाई ठान्ने र अरुको कुभलो चिताउने स्वाभावका थिए । उनी जति घमण्डी थिए, त्यति नै क्रोधी र प्रतिशोधी थिए। आफू बाहेक कसैलाई गन्दैनथ्ये। देवी देवताले समेत आफूलाई नै मान्नुपर्ने मान्यता राख्थे । महादेवलाई त झन् मनै पराउदैनथ्ये । महादेव दक्ष प्रजापतिका छोरी ज्वाइँ थिए । उनको सत्यदेवी नाम गरेकी छोरीले महादेवसंग विवाह गरेकी थिइन् । त्यसैले पनि दक्षप्रजापति महादेवले अरु देवता भन्दा महादेवले आफूलाई वढी मान सम्मान गर्नुपर्छ भन्ने ठान्थे तर महादेवले दक्षलाई मान्ने भन्ने कुरा नीति विपरित थियो। धर्मशास्त्र अनुसार महादेवले दक्षप्रजापतिलाई मान्दा दक्षप्रजापतिकै वढी नाक्सान हुन्छ भनेर व्रह्मा र विष्णुले भनेका थिए । तर कसैको पनि कुरा सुन्दैनथे दक्षप्रजापति । नाता सम्वन्धमा दक्ष ठूला (ससुरा) भएपनि वास्तविकरुपमा महादेव नै ठूला थिए । दक्षप्रजापति भुमण्डलका मात्र राजा हुन् भने महादेव चराचर जगतकै मालिक हुन् ।

 

व्रह्माले एक पटक ठूलो यज्ञको आयोजना गरेका थिए । त्यस यज्ञमा विष्णु, महादेव देखि ठूला ठूला देवी देवताहरु, ऋषिमुनीहरुलाई निम्ता थियो, प्राय सवैको उपस्थिति रहेको त्यस यज्ञमा भुमण्डलका शासक दक्षप्रजापतिलाई पनि निमन्त्रणा थियो। दक्षप्रजापति रवाफका साथ यज्ञमा उपस्थित भएका थिए। दक्षप्रजापति आउनासाथ सवैले उठेर स्वागत गरे तर महादेव उठेनन् । उनले दक्षप्रजापतिकै हितका लागि यसो गरेका थिए। तर अहंकारी र घमण्डी दक्षले यसलाई वुझ्न सकेनन् र उनले महादेवले आफ्नो अपमान गरेको ठाने । यज्ञ अवधिभरीनै उनले आफ्नो अपमान गरेको भन्ने कुरा मनमा खेलाइरहे । आफ्नो राज्यमा फर्कनासाथ उनको पहिलो काम नै महादेवको शेखी झार्नेतर्फ केन्द्रीत रह्यो । उनले महादेवको मेख मार्न त्यस्तै ठूलो यज्ञको आयोजना गरे । 

 

यज्ञमा महादेव वाहेक सवै देवी देवताहरुलाई निम्त्याएका थिए । महादेवलाई भने वोलाएनन् । उनले छोरी सत्यदेवीलाई मात्र वोलाउदा महादेव पनि पछि लाएर आउने हो कि भन्ने डरले छोरीलाई समेत वोलाएका थिएनन् । बावुको राज्यमा ठूलो यज्ञको आयोजना भएको र सवै देवीदेवतालाई निमन्त्रणा गरेको कुरा सतीदेवीले चाल पाइन् । आफूहरुलाई विर्सेर नवोलाएको हो की भन्ने ठानी महादेवसित यज्ञमण्डपमा जान आग्रह गरिन्। तर महादेवले मानेनन्, महादेवले सतीदेवीलाई पनि रोक्ने प्रयास गरे, नवोलाएको ठाउँमा जानु हुदैन, विध्नवाधा पनि आउन सक्छ भनेर धेरै सम्झाउन खोजे तर सत्यदेवीले मानिनन् र यज्ञमण्डपमा प्रस्थान गरिन ।

 

यज्ञमा सवै देवी देवताले आ—आफ्नो स्थानमा वसेका भएता पनि महादेवको स्थान खाली देखेर सतीदेवीलाई नरमाइलो लाग्यो, उनले यसलाई सहन सकिनन् र यथासम्भव वावु दक्षप्रजापतिलाई सम्झाउने प्रयास गरिन । शिवजी विना यज्ञ सम्पन्न हुन सक्दैन भन्दै शिवजीलाई तत्काल लिन पठाउन अनुरोध, आग्रह र विन्ती गरिन् तर दक्षले मानेनन् र उल्दै शिवजीलाई नानाथरी गाली र निन्दा गरे । यसलाई सत्यदेवीले सहन सकिनन् र यज्ञकुण्डमा फाल हालेर प्राण त्याग गरिन् । यो कुरा तत्कालै नारद ऋषिद्धारा महादेवले थाह पाए । उनले दक्षप्रजापतिको यज्ञ ध्वस्त गर्न महाकाली, विरभद्र सहित आफ्ना गणहरुलाई पठाइदिए। रिसले चुर भएका शिवगणहरुले दक्षप्रजापतिको यज्ञ ध्वस्त गर्नुको साथै दक्षप्रजापतिको टाउको छेदन गरेर यज्ञकुण्डमा हवन गरिदिए । पछि दक्षको पत्नीले अनेक वेलौना गरेको देख्न नसकेर शिव गणले उनलाई बोकोको टाउको जोडेर विउताइँदिए र शिवलोकमा गए । 

 

दक्षप्रजापतिले यज्ञको आयोजना गरेर राम्रो काम गरेता पनि घमण्ड र अहंकारका कारण कसैको मेख मार्ने र वदला लिने कुषित भावले यज्ञको आयोजना गरेको हुनाले लाभको वदला हानी हुन पुगेको थियो । त्यसैले हामी कहिले पनि अर्काको कुभलो चिताउन हुदैन अरुको हानी गर्छु भन्दा आफ्नै हानी हुन्छ र घमण्डी  र अहंकारले आफैलाई हानी हुन्छ भन्ने  शिक्षा पायौं ।

 

(सम्यक र अक्षय मिल्स वेरी स्कूलमा अध्यनरत् बिद्यार्थी हुन) 
    

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार