• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

नेपाल बैंकर्स एशोसिएसन गण्डकी प्रदेश संयोजकमा दीपेन्द्र शर्मा 

पोखरा । नेपाल बैंकर्स एशोसिएसन गण्डकी प्रदेश कमिटी गठन भएको छ । गठित कमिटीको प्रदेश संयोजकमा दीपेन्द्र शर्मा चयन भएका छन् ।

 

नेपालका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एशोसिएसनले संस्थाको सेवा संजाल विस्तार गर्ने क्रममा गण्डकी प्रदेश कमिटी गठन गरेको बताइएको छ ।

 

गण्डकी प्रदेश कमिटीको संयोजकमा एनआईसी एशिया बैंकका दीपेन्द्र शर्मा निर्विरोध चयन भएका हुन । संयोजक शर्मा एनआईसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख हुन । 

 

यस्तै नेपाल बैंकर्स एशोसिएसन गण्डकी प्रदेशको सह संयोजकमा सानिमा बैंकका भावुक तण्डुकार, सदस्य सचिवमा सिभिल बैंकका समिर केसी चयन भएका छन् । सदस्यहरुमा राष्ट्रिय वाणिज्य बैंकका ऋषिराम ढकाल, प्राईम कमर्सियल बैंंकका सूर्यप्रसाद तिवारी, एनसिसि बैंकका सुमन आचार्य र प्रभु बैंकका शान्ति शेरचन चयन भएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार