• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
रंगमञ्च

'शैली संवाद' को बिशेष भागमा राष्ट्रकवि घिमिरेको सम्झना

काठमाडौं । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको आयोजनामा भएको 'शैली संवाद' को एक बिशेष भागमा राष्ट्रकिव माधव प्रसाद घिमिरेको १३औं पुन्य तिथी पनि परेको हुनाले सो अवसरमा उनको सम्झना स्वरुप एक परिसंवाद एवं रचानाबाचन कार्यक्रम आयोजना गरियो ।

 

प्रा.डा.गोबिन्दराज भट्टराई, कृष्ण धराबासी, डा.नवराज लम्साल, टिका आत्रेय, सुदेश सत्यालले कार्यक्रममा आ-आफना मन्तव्य राखेका थिए । 

 

कवि महेश पौड्यालले सहजीकरण गरेका कार्यक्रममा कवि टीका आत्रेयले स्व.घिमिरेको 'गौरी' शोककाव्य बाट एक अंश पढेर शुरु गरेका थिए भने  कवि सुफेस सत्यालले 'नव युवक' र 'कलमविर' शिर्षकका दुई कविता बाचन गरे।

 

कार्यक्रममा प्रा.डा.गोबिन्दराज भट्टराईले राष्ट्र कविलाई सम्झदै भने, आफुले राष्ट्रकवि घिमिरेबाट पाएको प्रेरणाले नै आफ्नो रचना प्रज्ञाप्रतिष्ठानमा दर्ता गरेको याद गरे । उनले राष्ट्रकविलाई बालसाहित्यको धुरन्धर भएको पनि बताए । राष्ट्रकवि घिमिरेमा जीवनका वरिपरिका कुराहरुलाई समेटेर रोचक ढङ्गले लेख्न सक्ने असाधारण प्रतिभाको गुण थियो भन्छन डा.भट्टराई ।
 

त्यस्तै साहित्यकार कृष्ण धरावासी राष्ट्रकवि घिमिरेसंग २०४५ सालमा भेट भएको स्मरण गरे । धरावासीले भने  मेरी आमाले समेत माधब घिमिरेलाई भेट्न् चाहनु भएको थियो।घिमिरेको गौरी शोककाव्य पढेर आमालाई सुनाउने गरेको धरनवासीले सुनाए । उनले भने  उहाँका चेतना, बिचार अहिलेको पुस्ताले स्वीकार गर्नसक्नु नै उहाँ कति शक्तिशाली बिचारक, चिन्तक हुनुन्थ्यो भन्ने स्पष्ट हुन्छ। 

 

कवि तथा संचारकर्मी डा.नवराज लम्सालले राष्ट्रकवि घिमिरेबारे धेरै सम्झनाहरु रहेको बताए । उनले भने, केही समय अघि गीति एल्बम बिमोचन गर्दा उहाँ कै सामुन्ने मन्चमा उहाँको गितको बारेमा सानो टिप्पणी गरेको थिएँ । कार्यक्रममा केही साथीहरुले मलाई उहाँको बारेमा नबोल्नु पर्ने भनेर सुझाएका पनि थिए । तर पछि उहाँले नै मलाई नवराज बाबू तिमीले ठिक भन्यौ भनेर भन्नुभयो। 

 

कार्यक्रममा शैली थिएटरका अध्यक्ष एवं निर्देशक नवराज बुढाथोकीले  शैली संवादका अन्य  १५ वटा  भागमा जातीय, लैंगिक, भौगोलिक विधा र कार्यक्षेत्रलाई समावेश गर्न विशेष ध्यान दिइएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार