• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

'शैली संवाद' को अबको भागमा चलचित्र निर्देशक दिपेन्द्र लामा देखि विश्लेषक आहुतिसम्म

काठमाडौं । 'शैली संवाद' पुन १५ जना बिभिन्न विधाका सक्रिय एवं अनुभवी ब्यक्तिहरुसंग संवादबाट सुरु भएको छ । 

 

शैली थिएटरका ब्यवस्थापक सुवाश सुबेदीका अनुसार, 'थिएटरले आफ्नै नाटकघर सुरु गरि पाँच महिनामा तीनवटा नाटक र बालनाटक महोत्सव गरेपछि लकडाउन शुरु भएपछि आफुहरुले दर्शक र भाईबहिनीहरुसँग जोडिन बिभिन्न काम गर्यौं । बिश्व बाल कविता महोत्सव, राष्ट्रिय निबन्ध प्रतियोगिता र त्यसपछि भर्चुअल  माध्यमबाट शैली संवाद सुरु गरेका हौँ ।'  

 

शैली संवादमा रंगकर्मी हरिहर शर्मा  गायिका मन्जु पौडेल, वरिष्ठ मुटु रोग विशेषज्ञ डा।दिवाकर शर्मा, कलाकार नारायण देवी प्रधान, महिला खेलाडी सन्तोषी श्रेष्ठ लगाएतले सहभागिता जनाइसकेका छन् । 

 

शैली थिएटरका नारायण न्यौपानेको परिकल्पना र निर्देशनमा संचालन भएको 'शैली संवाद' को अबको भागमा चलचित्र निर्देशक दिपेन्द्र लामा, साहित्यकार महेश पौड्याल, अधिकारकर्मी यादव देबी बस्नेत, शास्त्रीय गायक श्री के.सी, विश्लेषक एवं कवि आहुति, समाजसेवी रोहिणी भट्टराई, शास्त्रीय नृत्यांगना सुजाता बराल, बालसाहित्यकार अनुराधा, र कवि एवं संचारकर्मी धीरेन्द्र प्रेमर्षी रहेन छन ।

 

'शैली संवाद' कै क्रममा राष्ट्रकवि माधव प्रसाद घिमिरेको १३ औं पुन्य तिथिको अवसरमा एक परिसंवाद एवं रचानावाचन पनि आयोजना गरिने भएको छ। भाद्र १४ गते हुने यस कार्यक्रममा प्रा.डा.गोबिन्दराज भट्टराई, कृष्ण धरावासी, डा.नवराज लम्साल, टिका आत्रेय, सुदेश सत्याल र महेश पौड्याल वक्ताका रुपमा रहनेछन्।   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार