• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
शिक्षा

एसईईको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । 

 

बोर्डले विद्यालयको आन्तरिक मुल्यांकनलाई प्रमाणिकरण गरी नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशनमा जिपिएको विवरण खुलाइएको छैन । यसवर्ष पुनरयोग तथा ग्रेडवृद्धि परीक्षा पनि नहुने भएको छ ।

 

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण स्थगित भएको थियो । विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।

 

एसईईमा कुल चार लाख ८२ हजार नौ सय ८६ विद्यार्थीले परीक्षा आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि योग्य चार लाख ७२ हजार ७८ विद्यार्थीको प्रमाणित प्राप्तांक विवरण प्राप्त भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार