• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
मनोरञ्जन

फेसबुकमा देखियो सुनिल र सिम्पलको जोडी ( भिडियो )

काठमाडौं । बिगत लामो समय देखि अमेरिकामा बसेर नेपाली सांगीतिक क्षेत्रमा क्रियासिल गायक रमेश कडेलले फेसबुकमा बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन्।  
 
रमाइलो डान्सिङ शैलीको  यस गीतमा स्वर रमेश कडेलको रहेको छ भने  शब्द दिपेश चापागाईको रहेको छ। गोविन्द हुमागाईले संगीतवद्द गरेको यस गीतलाई  उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।  

 

म्युजिक भिडियोमा सुनिल क्षेत्री र  सिम्पल खरेलको जोडी  देख्न सकिन्छ।  भिडियोलाई नेपाली ठिटो समूहले  कोरियोग्राफी गरेका हुन्। 

 नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्।  चर्चित भिडियो  निर्देशक सुनिल क्षेत्रीको निर्देशनमा भिडियो तयार पारिएको हो। 

 

निरन्तर राम्रा गीत संगीत मार्फत संगीतप्रेमी माझ आफ्नो बेग्लै परिचय बनाउन सफल गायक कडेलका यसअघि मायालु, देख्न पाउ,ईमेल इन्टरनेट,सरर हावालागायतका  दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन्। 

 

कोरना कहर बीच गीत संगीत प्रेमीहरुलाई मनोरंजन प्रदान गर्न सार्वजनिक गरिएको यस भिडियोलाई माया गरिदिन निर्माण टिमले सम्पूर्ण दर्शक,  स्रोतालाई अनुरोध गरेका छन्।  

 

 गायक कमल खत्रीको अफिसिएल च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो।

 

भिडियो :

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार