• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

संजय दत्तलाई फोक्सोको क्यान्सर, उपचारका लागि अमेरिका जाँदै

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तको फोक्सो क्यान्सर तेस्रो चरणमा पुगेका छ ।

 

श्वासप्रश्वासमा समस्या भएपछि शनिबार उपचारका लागि उनी मुम्बईस्थित लीलावती अस्पतालमा अस्पताल भर्ना भएका थिए।

 

सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएका थिए र थप उपचारका लागि अमेरिका जाने जनाइएको छ । दत्तको शरीरमा अक्सिजनको मात्रा ९० देखि ९२ प्रतिशतको बीचमा तल-माथि भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

 

अभिनेता सञ्जयले सामाजिक सञ्जालमा आफूलाई स्वास्थ्य समस्याका कारण केही समय कामबाट आराम लिने र अनावश्यक समाचार नछाप्‍न आग्रह गरेका छन् । तर आफनो रोग क्यान्सरबारे भने उनले केही बोलेका छैनन् । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार