• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

थपिए ४८४ संक्रमित, संक्रमित संख्या २४ हजार ४३२ 

काठमाडौं । कोरोना भाइरसका ४८४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८४ संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ४३२ जना पुगेको छ।

 

पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म  ४ लाख ७३ हजार १७९ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर आज १४ हजार ८४६ जना क्‍वारेन्टिनमा रहेका छन् । 

 

यस्तै देशभरका विभिन्‍न अस्पतालबाट ६४ जना डिस्चार्ज भएका छन् भने हालसम्म १६ हजार ७२८ जना डिस्चार्ज भएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार