• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

कोरोनाबाट थप ८ को मृत्यु, मृत्यु हुनेको संख्या ९१ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ  । 

 

मृत्यु हुनेमा टेकुका ७८ वर्षीया महिला, धादिङका ३२ वर्षीय पुरुष, धनुषाका ७१ वर्षीय पुरुष, धनुषाकै ३८ वर्षीय महिला, सप्तरीका ७२ वर्षीय पुरुष, मोरङका ५५ वर्षीय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र बाराका ७५ वर्षीय पुरुष  रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । 

 

यो सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरुको संख्या ९१ पुगेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार