• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

राप्रपाद्वारा पार्टी एकीकरण कार्यान्वयन र थप ब्याख्या गर्न ६ सदस्यीय सुझाव समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरणसम्बन्धि आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न ६ सदस्यीय सुझाव समिति गठन गरेको छ ।

 

राप्रपाका अध्यक्ष त्रयको बुधबार बसेको बैठकले पार्टी एकिकरण सम्बन्धि आधारपत्रमा उल्लेखित बिषयहरुको कार्यान्वयन र थप ब्याख्याको निमित्त सात दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरि ६ सदस्यीय सुझाव समिति गठन गरेका छ ।

 


 समितिमा दिपक बोहोरा,बुद्धिमान तामाङ्ग, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना रहेका छन् ।

 

समितिलाई सुझाव प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार