• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मकवानपुरमा मृत फेला

काठमाडौं । तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् । 

 

मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । 

 

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।

 

बानियाँको शव मकवानपुरस्थित अस्पतालमा राखिएको छ । स्थायी घर तनहुँ रहेका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार