• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

पत्रकार शिवाकोटीद्वारा तेजु स्मृति कोषमा सहयोग, घटनाको छानविन र मृतकका परिवारलाई राहत व्यवस्था गर्न माग

काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव  अजयबाबु शिवाकोटीले तेज बहादुर खड्का (तेजु)को स्मृती अक्षयकोषमा आर्थिक सहयोग गरेका छन् ।


 नेपाल प्रेस युनियन डोटी शाखाले स्व प.त्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा शिवाकोटीले मंगलबार दस हजार एक सय ११ रुपैंया जम्मा गरे ।

 

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।


 प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ ।

 

युनियनले स्व. युनियनका संस्थापक अध्यक्ष खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको शाखाका अध्यक्ष प्रकाश बमले जानकारी दिएका छन । उनले अक्षयकोषमा रकम जम्मा गर्ने महासचिव शिवाकोटीलाइ धन्यबाद ज्ञापन गरेका छन् ।

 

 अक्षय कोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारीता पुरस्कार घोषणा गरिने प्रेस युनियन डोटीका अध्यक्ष बमले बताए । अक्षय कोषमा विभिन्न ब्यक्तीहरुको सहयोग तथा घोषणा भइ रहेको प्रेस युनियन डोटीका सचिव पवन महाराले जानकारी दिएका छन ।

 

स्व खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार