• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

सञ्चारकर्मी पनि सुरक्षाकर्मी जस्तै अग्रपंक्तिमा            

अन्जु बराल, पोखरा । विपद् पत्रकारिता सञ्जाल, डिजेएनको आयोजना तथा बर्नमाउथ विश्वविद्यालय बेलायतको सहकार्यमा पोखरामा कोरेना र यसले पारेको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य माननीय मिना गुरुङले कोरोनाको असरमा सवै क्षेत्रमा परेको भएपनि त्यसले सवैभन्दा प्रभावित गर्भवती तथा सुत्केरी महिला तथा बालबालिकामा परेको बताइन । कार्यस्थलमा पनि श्रमजिवी महिलाहरु कामबाट निस्कने पर्ने बाध्यता अहिलेको अवस्थाले सृजना समेत गरेको उनको भनाई थियो । संचारकर्मीहरुले पनि स्वास्थ्यकर्मीले जस्तै अग्रपक्तिमा रहेर काम गरेको भन्दै खुलेर प्रसंशा गरेकी थिइन । उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर अगाडि बढेको अहिलेको सरकारले सवै विकास निर्माणका कार्यक्रमलाई थाती राखेर सरकार नागरिकको ज्यान जोगाउन तिर केन्द्रित भएको बताइन । 

 

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ पत्रकार कृष्णप्रसाद वास्तोलाले कोरोनाको असर नपरेको क्षेत्र कुनै नरहेको बताउँदै सवैलाई संयमित भएर काम गर्न आग्रह गरे । कोरोना कै कारण अहिले मानिसहरु एकअर्का सँग छुट्टिएर बस्न बाध्य बनाएको अवस्थामा हरेक व्यक्ति जिम्मेवार भएर सुरक्षाका उपाय अपनाउनको लागि आग्रह पनि गरे । एकजनाको लापरवाहीको कारणले यसको सक्रमण बढ्दै गएको बताउँदै उनले संचार क्षेत्रको जिम्मेवारी भनेको आम नागरिकलाई सचेत गराउनु हो र यो जिम्मेवारी बहन गर्न आफु लागि परेको उनले बताए । 

 

पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य सुस्मा पौडेलले कोभिड १९ ले गर्दा संचारमाध्यमहरु बन्द भएको अवस्थाको स्मरण गराउँदै संचारमाध्यम तथा पत्रकारका लागि पनि यो चुनौतीको अवस्था रहेको उनले बताइन । यो विपद्को बेलामा संचारमाध्यम तथा पत्रकार अझबढी जिम्मेवार हुनुपर्नेमा जोड दिइन ।

 

त्यस्तै क्रियाशील पत्रकार महिला wwj कास्कीका पूर्ण  अध्यक्ष सरिता तिम्सिना पंगेनीले आम नागरिक सम्म विपद्का समाचार कसरी सम्प्रेक्षण गर्ने, अत्यन्तै संवेदनशील विषयवस्तुको रिपोटिङ् गर्नका लागि संस्था गठन भएकोमा खुसी व्यक्त गरिन । उनले विपद्को बेलामा हुने भौतिक क्षति भन्दा पनि सही सुचनाको अभावमा नागरिकमा गलत सुचना प्रवाह हुँदा हुने क्षति अझै भयावह हुनेछ । 

 

संचारिका समुह गण्डकी प्रदेशका कार्यसमिति सदस्य तारा चापागाईले विपद् र यसपछिको अभाव, भयावह स्थितिलाई बाहिर ल्याउनुपर्नेमा जोड दिइन । क्रियाशील पत्रकार महिला wwj  कास्कीका अध्यक्ष शिला गुरुङ्ले सुचना दिने क्रममा एकदमै संवेदनशील हुनुपर्नेमा जोड दिइन । सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक विजय पंगेनीले कोभिड १९ ले नियन्त्रण गर्ने सवालमा हामी आफै जिम्मेवार हुनुपर्ने बताए । 

 

लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष मानकुमारी बरालले यसको असर अझै बढी गृहणी महिलामा परेको उनले बताइन । उपाध्यक्ष मंगली बाँस्तोलाले खोजमुलक पत्रकारिता तर्फ केन्द्रित हुन आग्रह समेत गरिन ।

 

विपद् पत्रकारिता सञ्जालका सह संयोजक दुर्गा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पत्रकार अन्जु बरालले गर्नुभएको थियो । कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्य बारे जानकारी कार्यक्रमका संयोजक दुर्गादेवी वास्तोला गरेकी थिइन । 

 

विपद् पत्रकार सञ्जाल हालसालै गठन भएको संस्था हो । संस्थाले विपद्सँग सम्बन्धित लेख, विचार, रेडियो रिर्पोट, तथा खोजी पत्रकारितालाई प्राथमिकता राखेर समस्याको समाधानमुलक पत्रकारितालाई प्रोत्साहन गर्दछ । संञ्जालमा अहिले ६ वटा मिडिया सञ्चालकहरुको प्रतिनिधित्व रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार