• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
बिश्व

रहेनन् भारतका प्रख्यात शायर तथा गीतकार राहत इन्दौरी

नयाँ दिल्ली । भारतका प्रख्यात शायर तथा गीतकार राहत इन्दौरीको निधन भएको छ । उनी कोरोना संक्रमणका कारण इन्दौरको एउटा अस्पतामा भर्ना भएका थिए ।

 

७० वर्षीय राहत इन्दौरीलाई कोरोना संक्रमण तथा श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु हृदयाघातका कारण भएको जनाइएको छ । 

 

इन्दौरीले मंगलबार बिहान ट्विटरमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । सोही एकाउण्टबाट मंगलबार उनको मृत्युको सूचना दिइएको थियो । राहत इन्दौरीका छोराले यो ट्वीट गरेका हुन् । ट्वीटमा लेखिएको थियो, 'राहत साहबको कार्डियाक एरेस्टका कारण साँझ ५ बजे निधन भएको छ'... । 

 

इन्दौरी एउटा राम्रा शायर थिए । उनले बलिउडका विभिन्न फिल्महरूका लागि  केही गीत पनि लेखेका थिए ।  घातक, इश्क, मुन्नाभाइ एमबीबीएस जस्ता फिल्महरूका गीत उनले नै लेखेका थिए । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार