• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

भदौ १५ सम्म हवाई सेवा बन्द, होटल, रेष्टुराँमा बसेर खान नपाइने, टेक अ वे मात्रै

काठमाडौं । सरकारले होटल तथा रेष्टुरेण्टको सेवा खुला गरेकोमा अब होटल तथा रेस्टुरेन्टबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा (टेक अवे) मात्र दिने निर्णय गरेको छ ।  

 

त्यस्तै भदौ १ गतेदेखि सञ्चालन गर्न दिने निर्णयलाई परिमार्जन गरी भदौ १६ गते पु¥याएको छ । जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डअनुसार छोटो, मध्यम र लामो दुरी सञ्चालन गर्न दिने भनिएकोमा भदौ १६ गते सार्ने निर्णय गरेको छ । 

 

त्यस्तै शैक्षिक संस्था, सभा गोष्ठि तालिम सेमिनार, प्रदर्शन भेला सम्मेलन, सिनेमाहल पार्टीप्यालेस सैलुन, खेलकुद, पुस्तकालाय लगायतका क्षेत्र बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने पनि सरकारले निर्णय गरेको छ ।

 

सङ्क्रमणको जोखिम बढ्दै गएको देखिएको हुँदा धार्मिकस्थलहरूमा दैनिक नित्य पूजा बाहेक अन्य कुनै पनि गतिविधि सञ्‍चालन नगर्ने नगराउने निर्णय पनि भएको छ । चाडपर्वहरू आआफ्‍नै घरभित्र रही जनस्वास्थ्यका मापदण्डहरू पालना गरेर मनाउन पनि सरकारले आग्रह गरेको छ ।

 

सोमबारको मन्त्रिपरिषद्को निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले  यी निकायहरूको कार्यसम्पादन एवं सेवा प्रवाहका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीहरूलाई सुरक्षित रूपमा घरबाटै सम्पादन गर्ने गरी ‘वर्क फ्रम होम’ को निर्णय गरिएको  बताए ।

 

फुटपाथ खुल्ला ठाउँमा सञ्चालन भइरहेका ठेलागाडा साइकलमा गरिका व्यापार, तरकारी, फलफुल, खाद्यान्न, लत्ताकपडा लगायतका खुद्रा व्यापार व्यवसाय एवं कवाडी संकलनजस्ता कार्य जथाभावी रुपमा सञ्चालन हुन नदिने र त्यो कार्यलाई समबन्धित स्थानीय प्रशासनले निषेध गर्ने निर्णय समेत गरेको छ ।

 

उद्योग कलकारखाना व्यवसाय गर्ने सञ्चालकले उद्योग कलकारखाना तथा सार्वजनिक निजी निर्माणको परिसर मित्रै सुरक्षित रुपमा श्रमिक लगायतको जनशक्तिलाई व्यवास्थापन गर्ने व्यवस्था मिलाउनुपर्ने निर्णय समेत गरेको छ ।

 

नेपाली कुटनैतिक नियोगको सिफारिसमा ३ सय जना र वैदेशिक रोजगार कल्याण्कारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने २ सय जना नेपाली नागरिक समेत दैनिक कुल ५ सय जनाको संख्यामा नबढ्ने गरी उडान अनुमति दिने निर्णय समेत गरेको छ । 

 

उडानबाट आउने व्यक्तिहरुलाई काठमाडौं उपत्यकामा नै तोकिएका स्थानमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने र संक्रमण मुक्त भएको यकिन भएपछि मात्र सम्बन्धित गन्तव्यमा पठाउने व्यवस्था गर्ने निर्णय समेत गरेको छ । यसरी आउने मानिसहरुको क्वारेन्टाइनमा बसेको ५ देखि ७ दिन भित्र पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउने भएको छ । 

 

यसैगरी सङ्क्रमणको सक्रिय सङ्क्रमित दुई सयभन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघसंस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं संघसंस्थाहरूले विद्युतीय माध्यमबाटसमेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार