• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

नेपालमा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृत्यु हनेको संख्या ८३ पुग्यो 

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका २ तथा काभ्रे र सिन्धुपाल्चोकका १—१ जनाको कोरोनाबाट मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन ।

 

उनको साउन २६ गते प्रादेशिक अस्पताल जनकपुरमा उपचरका क्रममा मृत्यु भएको हो । यस्तै धनुषाको मिथिला विहारी नगरपालिका ५ का ५० वर्षिय पुरुषको कोरोनाबाट साउन २५ गते निधन भएको हो । उनी क्यान्सर अस्पताल जनकपुरमा कार्यरत थिए । 

 

यसैगरी काभ्रेको पाँचखाल नगरपालिका १ बस्ने ५० वर्षीया महिलाको साउन २७ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुर र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ४ का ८४ वर्षीय वृद्धको २२ गते त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासीक तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार