• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

६३८ संक्रमित थपिए, कुल संक्रमित संख्या २३ हजार ९ सय ४८

काठमाडौं । कोरोना भाइरसका ६३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६३८ संक्रमित थपिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १७१ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ६६४ जना डिस्चार्ज भएका छन् । 

 

गत २४ घन्टामा १० हजार ४ सय ६२ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ६२ हजार ४ सय ९८ पीसीआर विधिबाट परीक्षण गरिएका छन् । यस्तै क्वारेन्टाइनमा ११ हजार ५८ जना छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार