• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

सांसद प्रदीप यादव कोरोना मुक्त, व्यायाम र खानपानमा बिशेष ध्यान दिन सुझाव

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोना मुक्त भएका छन् ।

 

साउन १६ गते सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । १२ दिनमा कोरोना जितन सफल भएको उनले बताएका छन । उनले व्यायाम र घरेलु उपचारले कोरोनामुक्त भएको बताएका छन ।

 

उनी आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।  सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार कोरोना नेगेटिभ रहेको रिपोर्ट आएको उनले सार्वजनिक गरेका छन । निको भएको रिपोर्ट आए पनि अझै ७ दिन आइसोलेसनमा बस्ने उनले बताएका छन  ।

 

सांसद यादवले  आइसोलेसनमा बस्दा बिहान–साँझ योग र व्यायाम गरेको र खानपानमा बिषेश ध्यान दिएको बताए ।आइसोलेसनमा बस्दा  बेसार, लसुन,कागती, कालो नुन, कालो खुर्सानी र प्याज  दिनको तीनपटकसम्म सेवन गर्ने गरेको यादवले जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार