• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

धनुषामा कोरोनाबाट थप १ जनाको मृत्यु, धनुषामा मृतक संख्या ३ पुग्यो

जनकपुर ।  जनकपुरमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।

 

विदेह नगरपालिका–८ निवासी ६० वर्षीय  बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा  १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गए राति  मृत्यु भएको  अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले जानकारी दिएका छन।

 

 डा सिंहका अनुसार मृतक मण्डल क्षयरोगले पनि सिकिस्त थिए । मृतकको कुनै पनि ‘ट्राभल हिस्ट्री’ नभएको बताइएको छ ।  मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन ।

 

शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ । यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार