• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

रक्सीमा हालेर स्लिपिङ ट्याबेलट, अण्डकोषमा हानेर हत्या

काठमाडौं । गोंगबुमा आइतबार  बिहान सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको अण्डकोषमा हानेर हत्या गरेको खुलेको छ।

 

आइतबार बिहान टोखा नगरपालिका १० गोंगबु नवज्योति मार्गमा कालो रंगको सुटकेशबाट रगत जस्तो पदार्थ बगिरहेको  सूचना प्रहरीसम्म पुगेको थियो । 

 

प्रहरी टोलीले उक्त सुटकेस खोली हेर्दा सुटकेसभित्र टाउको बिनाको मानिसको शव फेला पारेको थियो । सोही स्थानमा केही परि टाउको लगायत शरीरको अन्य भाग झोलामै फेला परेको थियो ।

 

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न  भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको छ।

 

प्रहरीले सोमबार मात्रै मृतकको सनाखत गरेको थियो । मृतक रोल्पा रून्तीगढी गाउँपालिका  ७ घर भइ हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय कृष्ण बहादुर बोहोरा भएको खुलेपछि प्रहरीलाई अनुसन्धानमा सहजता भएको थियो ।

 

प्रहरी अनुसन्धानका क्रममा मृतक कृष्णबहादुर बोहोरा कल्पनाको कोठामा बेला-बेलामा आइ भेट्ने गरेको खुलेको छ । मृतकले कल्पनाको फोटो राखी फेक फेसबुक आइडी खोली चलाउने गरेको र आफू अनुकुल चल्नको लागि दबाब दिने गरेको समेत पाइएको छ ।

 

केही दिनअघि उनले कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको कल्पनाले स्वीकारेकी प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार