• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

महात्मा गान्धीको चस्मा ब्रिटेनमा लिलाममा

काठमाडौं । यूकेमा एउटा लिलाम कम्पनीले महात्मा गान्धीले प्रयोग गरेको चस्मा आफूले फेला पारेको जनाएको छ।

 

ईस्ट ब्रिस्टल अक्शन्सका एन्ड्रू स्टोका अनुसार गान्धीको चस्मा १५,००० पाउन्डमा बिक्री हुने अपेक्षा छ। आफ्नो कम्पनीको इतिहासमा उक्त चस्मा महत्त्वपूर्ण वस्तु भएको उनले बताए।

 

उक्त चस्माको मूल्य बताइँदा त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मुर्छा परेको उनले बताए। 'कसैले हाम्रो पत्रमञ्जूषामा शुक्रवार राति त्यो हालिदियो र सोमवारसम्म यो त्यहीँ झुन्डिराख्यो,' उनले भने।

 

'हाम्रा एक कर्मचारीले मलाई त्यो दिँदै त्यसमा गान्धीको चस्मा उल्लेख गरिएको एउटा टिपोट भएको बताए।' अनुसन्धान गर्दा सुनको जलप लगाइएको घेरा भएको उक्त गोलाकार चस्मा वास्तवमै नागरिक अधिकारका लागि सङ्घर्ष गरेका भारतीय नेता गान्धीले लगाएको पत्ता लागेपछि आफू झन्डै कुर्सीबाट लडेको उनी बताउँछन्।

 

'मैले ती व्यक्तिलाई फोन गरेँ अनि उनलाई झन्डै हृदयाघात भए जस्तो मलाई लाग्छ,' स्टोले भने। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार