• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
स्वास्थ्य

आज थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा मात्रै ४४ संक्रमित थपिए

काठमाडौं ।  सोमबार थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

 

 पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  मात्रै ४४ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

कोरोना भाइरसको संक्रमण निको भएर थप १४० जना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १६ हजार ७९३ पुगेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार