• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

सोमबार पनि घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ । सुनको मूल्य आइतबारभन्दा २ सय रुपैयाँले घटेको छ ।

 

आइतबार प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार एक लाख २ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

 

छापावाल सुनको मूल्य घटदा तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँ प्रतितोलामा  घटेर कारोबार भएको छ । महासंघका अनुसार सोमबार तोलाको एक लाख एक हजार नौ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।

 

आइतबार रेकर्ड कायम गरेको चाँदीको मूल्यमा भने सोमबार गिरावट आएको छ ।  चाँदी तोलाको  १ हजार ३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । निरन्तर बढिरहेको सुनको मूल्य आइतबारबाट सामान्य घट्न थालेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार