• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

बेलारुसमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त

काठमाडौं । सरकारी टेलिभिजनले गरेको मतदान पछिको मत सर्वेक्षणले लामो समयदेखिका नेता एलेक्जेन्डर लुकाशेन्का पुन : निर्वाचित हुने देखाएपछि बेलारुसको राजधानी मिन्स्कसहित विभिन्न सहरमा प्रदर्शनकारी र दङ्गा प्रहरीबीच भिडन्त भएका छन्।

 

मिन्स्कमा सिटी सेन्टरबाट भिड हटाउन प्रहरीले स्टन ग्रिनेडहरू प्रयोग गरेको छ। त्यहाँ मानिसहरू घाइते भएको खबर आएको छ। सरकारी टेलिभिजनको जनमत सर्वेक्षणले लुकाशेन्का करिब ८० प्रतिशत मतले विजयी भएको देखाएको छ।

 

प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले आफूलाई सात प्रतिशत मात्र मत दिइएको देखाएको उक्त विवरणलाई आफूले नपत्याउने बताएकी छन्। 'म मेरा आँखामा विश्वास गर्छु र मैले बहुमत हामीसँग देखेकी छु,' आइतवार साँझ पत्रकार सम्मेलनमा उनले भनिन्।

 

विपक्षीहरूले मतदानमा धाँधली हुनसक्ने ठानेको र आफूहरूले एउटा वैकल्पिक गणना पनि राखेको बताएका छन्। ३७ वर्षीया तिखानोभ्स्काया जेलमा रहेका श्रीमान्‌को आफ्ना सट्टा चुनावमा उठेकी हुन् र उनले ठूला विपक्षी र्‍यालीहरूको नेतृत्व गरेकी थिइन्। सन् १९९४ देखि सत्तामा रहेका लुकाशेन्काले देशको स्थिति नियन्त्रणमा रहने वाचा गरेका छन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार