• शनिबार १-८-२०८१/Saturday 04-20-2024
विचार

कोराना महामारी बिच कांग्रेसमा महाधिवेशनको चटारो

कोरोना कहर एकातिर भएपनि अहिले कांग्रेस राजनीती गर्माएको छ । देशका भिन्न जिल्लाहरुमा क्रियाशिल सदस्यता बितरण कार्य तीब्रताका साथ भईरहेको छ । उता प्रतिपक्षीमा सरकारको ध्यानाकर्षण गराउने र दृष्टिकोण अगाडी सार्ने कुरामा भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हदैसम्मको निरिह बनेकोे छ । क्रियाशिल बितरणका क्रममा बिभिन्न स्थानहरुमा पुग्दा नेपाली कांग्रेसको हालको नेतृत्व प्रति कांग्रेसका क्रियाशिल सदस्यहरुले जनाएको बिमती हो । यसरी कांग्रेसजनको बिमतीको आवाज बाहिरिँदा पनि केन्द्रिय नेतृत्वको ध्यान ग्रास रुटका आफना कार्यकर्ताहरु सामू पुग्नसकेको छैन् । 

 

१४ औ महाधिवेशन हुने हल्ला बाहिर आउदै गर्दा केन्द्रिय नेतृत्वमा रहेका नेतृत्वकर्ताहरुमा भने कसरी नेतृत्व हत्याउने खेल सुरु भईसकेको छ । सुदुरपश्चिममा प्रभावशाली नेताको छवी बनाउँदै राष्ट्रिय राजनीतिमा प्रवेश गरेर नेपाली कांग्रेसमा बिगत देखि भईरहेको कोइराला परिवारको दवदवालाई मत्थर गर्दै नेपाली कांग्रेसको केन्द्रिय नेतृत्व आफूमा केन्द्रित गर्न सफल भएका सभापति शेरबहादुर देउवाको आन्तरिक राजनीति अलि धर्मराएको महसुस हुन थालेको छ । कोइराला परिवारको फन्दाबाट पार्टी उम्काउन सफल मानिए पनि सभापति देउवाले आफनै गुरु नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाको हैकमबाद शैलीलाई पच्छ्याउन थालेको जस्तो भान आम कांग्रेसजनले गर्न थालेका छन् । 

 

मरेर गईसकेको मानिसको के कुरा गर्नुभन्दा पनि नेपाली कांग्रेस भित्र अस्थिरतावादको थालनी गर्ने कार्य भने स्वर्गीय सभापति कोइरालाले नै गरेका हुन् । लोकतन्त्रका पिता भनेर सम्मानित भएका कोइरालाले नेपाली कांग्रेसमा परिवारबाद, अस्थिरता, हैकमवादको थालनी गरेका थिए भन्दा नाजायज नहोला । जब कोइरालाले शासनसत्ता आफनो पोल्टामा लिए। त्यसपछि नेपाली कांग्रेसको राजनीतिमा एक प्रकारको अस्वाभाविक भुकम्पहरु आउन थाले । त्यही भुकम्पले कांग्रेस भित्र  बिभिन्न गुट उपगुटका राजनीतिले पार्टी भित्र सल्बलाउन थाल्यो । त्यसको प्रणेता थिए स्वर्गीय गिरिजा प्रसाद कोइरालाको भाई नाता पर्ने पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशिल कोइराला । सुशिल कोइराला धेरै नबोल्ने बाहिर साधु भित्र कुटिल राजनीतिज्ञका रुपमा नेपाली कांग्रेसका आम कार्यकर्ताहरुका सामु परिचित थिए । स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाको आधि दिमागको हकदार नै थिए स्वर्गीय नेता सुशिल कोइराला । पार्टीमा गिरिजा प्रसाद कोइरालाको राज हुन्जेल सार्वजनिक पद र मंन्त्री बन्न सम्म पनि खासै रुची नराखेका स्वर्गीय नेता सुशिल कोइरालाले एकैचोटी पार्टी सभापति र प्रधानमन्त्री बन्ने मौका पाए । गुट उपगुटको नेतृत्वको  लागी माहिर मानिएका सुशिल कोइराला नेतृत्वसंगै कांग्रेसले अस्थिरताको बाटो समाएको थियो । समय त्यस्तो थियो कांग्रेसमा कोइरालाको नाम लिएर जाने बाहेक अन्य कसैको केही चल्दैन्थ्यो । 

 

धेरै समय चलेको यो पार्टी चलाउने परम्परा देखि नेपाली कांग्रेसमा आवद्ध क्रियाशिल देखि सामान्य कार्यकर्ता आजित भईसेकका थिए । त्यति भित्रभित्रै कोइराला परिवार बिरुद्ध स्वरहरु गुन्जिन थालेको थिए । तर बोल्ने हिम्मत कसैसंग पनि थिएन् । यसै बिच नेपाली राजनीतिको सदाबहार नाटकमा अर्का एक नायकको रुपमा देखा परे सुदुरपश्चिमका शेरबहादुर देउवा । नेपाली कांग्रेसको उदाउँदो ताराको रुपमा आफूलाई बिकसित गर्दै लगेका देउवाले गिरिजा प्रसाद कोइरालाको प्रधानमंन्त्रीत्वकालमा पहिलो पटक गृहमन्त्री हुने मौका पाए । त्यही मौका नै देउवाको लागि भाग्य उदयको ढोका भयो । कोइराला परिवारको राजनीतिक दबदबा देखि आजित कांग्रेसका प्रशंसकहरुलाई देउवाको राजनीतिमा प्रवेशले केही शितल बनाएको थियो भने देउवा कोइराला परिवारका लागी बिस्तारै फलामको चिउरा साबित भै सकेका थिए । देउवाको राजनीतिक यात्रालाई सिध्याउन कोइराला परिवारले बिभिन्न हतकण्डा अपनाएको थियो । तर देउवाको अडिगताको अगाडी कोइरालाको केही जोड चलेन । 

 

कोइराला परिवारसंग रुष्ट कार्यकर्ताहरुको जमातलाई लिएर पार्टी बिभाजनको कार्य पनि देउवाल गरेका थिए । माहु पार्टीबाट एक्लिएर दोस्रो पार्टीको संरचना गर्नु कम सकस थिएन देउवालाई । चुइटिएर आफनो राजनितीक भविष्य नदेखे पछि फेरी माउ पार्टीमा समायोजन गरेका कांग्रेस सभापति देउवाले यिनै उतार चढाव बिच चारपटक देशको प्रधानमन्त्री बन्न पुगेका देउवाको राजनीतिक महत्वकांक्षा झन् बढ्दै गयो । आसेपासे नभए राजनीति नै हुँदैन भनेझै सभापति देउवा निवास पनि आसेपासे भरिन थाले । राणा परिवारमा बैवाहिक सम्वन्ध गास्न पुगेका देउवालाई त्यसपछि राजसी ठांट र परिवारवादको महत्वले बाहिरी संसारबाट अल्ग्यायो । 

 

राजनीतिमा लाग्नेको लागी बाहिरी संसार भनेको एउटा मैदान हो । जहाँ उसले खेल्न पाउँछ । कार्यकर्ता माझ जुझारु र नडग्मनाउने नेताको पगरी गुतेका देउवाको अहिलेको राजनीतिक स्वभाव  ठिक उल्टो भएको छ । एउटा परम्पराको अन्त्य गरेका देउवाले त्यही परम्परालाई निरन्तरता दिने क्रम सुरु गरेको भान कांग्रेसजनमा देखिन थालेको छ । कांग्रेस नेतृत्वमा सुख्खापन महसुस भएको छ । जब नेतृत्वमा सुख्खापन आउन थाल्छ अनि नेतृत्वले बुझनु पर्छ कि कार्यकर्ताहरुले परिवर्तनको आभास गरिरहेका छन् । राजनीतिक माहोल र केन्द्रिय राजनीतिको प्रकृति हेर्दा अबका नेतृत्व परिवर्तीत नेतृत्व हुनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार