• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
रंगमञ्च

'अहिले रंगमञ्च मात्र होइन सबैकुरा डामडोल छ'

आजकल के गर्दै हुनुहुन्छ ?
त्यस्तो नयाँ केही छैन । अहिले बाहिर निस्कने अवस्था छैन, घरमै बसेर बाहिरबाट आएका कामहरु गरिरहेको छु । 

 

रंगमञ्च के हो ?
रंगमञ्च आफ्ना भावना र बिचारहरु ब्यक्त गर्ने एउटा प्रभावकारी माध्यम हो ।

 

रंगमञ्चमा किन लाग्नुभएको त ?
म यसमा अभिनय कलाप्रति आकर्षित भएर नै लागेको हुँ ।

 

रंगमञ्चमा लागेको कति भयो ?
रंगमञ्चमा प्रवेश गरेको त १२(१३  बर्ष नै भईसक्यो, तर रंगमञ्चमा मात्र काम गरेर बाच्ने अवस्था नभएपछि बिचमा ५ बर्ष जती यो क्षेत्रबाट टाढा पनि भए ।

 

यो अवधिमा कतिवटा जति नाटक गर्नुभयो ?
सबै प्रकारको नाटक गरेर लगभग दुई दर्जन जति पुगे होलान् । 

 

रंगमञ्च तपाईको पेशा हो कि रुची ?
रंगमञ्चलाई पेशा वा रुची भन्दा पनि म मा पहिले देखिनै चलचित्र प्रति लगाव र त्यसको प्रभाव थियो । म काठमाडौं आउँदा फिल्म स्कुलहरु खुलेका थिएनन, त्यसैले अभिनय कला सिक्नको लागी रंगमञ्चलाई माध्यम बनाएको हो । काम गर्दै जाँदा मलाई यो क्षेत्र धेरै मन पर्‍यो तर पनि मैले यो क्षेत्रलाई पूर्ण रुपमा पेशा भने बनाइन । 

 

यतीका बर्ष भईसक्यो रंगमञ्चमा लागेको, रंगमञ्चबाट के पाउनुभयो ?
म क्षेत्रमा केही पाउँछु भनेर लागेको होइन । मैले रंगमञ्चबाट दर्शकको माया, आफुभित्र खुशी र आत्मसन्तुष्टिको पाएको छु । 

 

 

अहिले धमाधम रंगमञ्चका कलाकारहरु चलचित्रमा गईरहेका छन । तपाईले कतिवटा चलचित्रमा अभिनय गर्नुभयो ? 
रंगमञ्चका कलाकारहरु चलचित्रमा जानु खासै अनौठो कुरा होइन । आखिरिमा अभिनय त अभिनय नै हो, मात्र चलचित्र र रंगमञ्चका आ—आफना केहि प्राविधिक कुराहरु होलान । फरक त्यती मात्र हो । मैले दुईवटा चलचित्र र केहि छोटा चलचित्रहरुमा काम गरेको छु ।

 

रंगमञ्चमा लागेर पैसा त टन्न कमाइयो होला नी ?
मलाई लाग्दैन कि नेपालामा रंगमञ्चमा काम गरेर टन्नै पैसा कमाइन्छ । सायद म गलत पनि हुन सक्छु है । अरुले कमाए होलान तर मैले त्यस्तो खास कमाएको छैन । रंगमञ्चको कामले मात्र धानिन गाह्रो छ । 

 

अहिलेको समयमा रंगमञ्चको स्थिती र यसको चुनौती कस्तो देख्नुहुन्छ ?
अहिले रंगमञ्च मात्र होइन सबै कुराको डामडोल छ । अहिलेको स्थिती साधारण अवस्थामा नआएसम्म सबै कुराको अवस्था नाजुक नै होला । व्यक्तिगत भन्दा पनि संस्थागत रुपमा नाटक घरहरुलाई धेरै असर पारेको होला, तर पनि अहिलेको अवस्था सुध्रिएपछि चुनौती भन्दा पनि अझ राम्रो अवसरको रुपमा हेर्छु । किनकी यती बेलाको खाली समयमा सबैले आफ्ना कमी कमजोरीलाई राम्ररी अध्ययन अवलोकन गर्ने मौका पाउनुको साथै आफ्ना आगामी कामहरुलाई कसरी राम्रो बनाउने भन्ने बारेमा राम्रो होमवोर्क गर्न पाएका छन् । 

 

रंगकर्मीले आफुलाई सहज अवस्थामा फर्काउन कस्तो बाटो अपनाउनु पर्ला ?
रंगमञ्च मात्र होइन अहिले हरेक क्षेत्र तत्कालै सहज अवस्थामा फर्कने कुनैबाटो छैन । अहिले आफुले गर्न लागेको कामको  प्री—प्लानिङ गरेर बस्नु नै ठीक होला ।

 

 

नाटकघरहरुको संरचना कस्तो हुनेछ ? के सोच्नुभएको छ ?
अहिलेको अवस्थाले गर्दा नाटक घरहरुलाई फेरी उठ्न निक्कै नै गार्हो पर्ला, केहि नाटक घरहरु बन्द पनि होलान त्यसको सिधा असर नाटकघरका हरेक संरचनामा पर्नेछ र हरेक कुराहरु साघुरिने छन ।

 

यही अवस्थामा एउटा स्वतन्त्र कलाकारको जीवनी कसरी चल्छ ? सबै बन्द जस्तै नै छ ? आम्दानीको बाटो केही छैन ? के भन्नहुन्छ ?
अहिले कलाकाहरुलाई मात्र होईन सबैलाई गार्है छ । अब राम्ररी काम गर्ने अवस्था नहुन्जेल सामान्य जीवनमा फर्कन धेरै गाह्रो छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार